global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरामा मिडिया कप भलिबल प्रतियोगिता हुने

पोखरामा मिडिया कप भलिबल प्रतियोगिता हुने

पोखरामा मिडिया कप भलिबल प्रतियोगिता हुने

पोखरामा मिडिया कप भलिबल प्रतियोगिता हुने भएको छ । केभसिटी मिडिया प्रालिको आयोजनामा असोज १२ र १३ गते प्रतियोगिता हुने सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा टेवा पुर्याउने तथा सञ्चारकर्मीबीचको आत्मियता र सद्भाव जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको केभसिटी मिडिया प्रालिका भीमबहादुर थापाले बताए ।

पोखराको पुरानो टुँडिखेलमा आयोजना हुने प्रतियोगितामा करिब २० टिम सहभागी हुने थापाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३३ हजार ३ सय ३३ र द्वितीय हुनेलाई नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रालिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताए ।

त्यस्तै, बेस्ट प्लेयरलाई नगद ३ हजार ३ सय ३३ तथा बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट सर्भर, बेस्ट क्विकर र अनुशासित टिमलाई नगद १ हजार १ सय ११ सहित मेडल र प्रमाण प्रदान गरिनेछ ।

पोखरा महानगरपालिकाको विशेष सहयोग, वडा कार्यालय पोखरा १६ र १९ को सहयोग, नेपाल पर्यटन बोर्डको प्रवर्धन, कास्की जिल्ला भलिबल संघ तथा भलिबल ट्रेनिङ सेन्टर र राष्ट्रिय माविको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा २ लाख खर्च लाग्ने अनुमान गरिएको थापाले बताए ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु