global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीमा भलिबल रेफ्री तालिम, सहभागीले ३५ सय तिर्नुपर्ने

कर्णालीमा भलिबल रेफ्री तालिम, सहभागीले ३५ सय तिर्नुपर्ने

कर्णालीमा भलिबल रेफ्री तालिम, सहभागीले ३५ सय तिर्नुपर्ने

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलोपटक भलिबल रेफ्री तालिम आयोजना हुने भएको छ । आज (मंगलबार) देखि उद्घाटन हुने तालिमको प्रशिक्षण नेपालकै एकमात्र अन्तर्राष्ट्रियस्तरका रेफ्री गौतमप्रसाद लासिवाले गर्ने आयोजकले बताएको छ ।

सुर्खेत जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघ त्रिपुरेश्वर काठमाडौंको समन्वयमा हुन लागेको भलिबल रेफ्री तालिम असोज २ गतेदेखि ६ गतेसम्म चल्ने नेपाल भलिबल संघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सोमबहादुर श्रेष्ठ (मंगल) ले बताए ।

प्रदेशस्तरीय तालिममा कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेश ५ तथा ७ बाट समेत सहभागी आउनेछन् । तालिममा करिब ७० जनाको सहभागिता रहनेछ । कर्णाली प्रदेशमा यो पहिलो भलिबल रेफ्री तालिम भएको जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष तथा सुर्खेत जिल्ला भलिबल संघका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए ।

तालिमको उद्घाटन कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले गर्नेछन् । खेलमा सहभागीले आफ्नो खर्च आफैंले व्यहोर्नुपर्ने र सहभागीले ३५ सय सहभागी खर्चसमेत तिर्नुपर्ने आयोजकले बताएको छ ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु