global ime bank Long Banner Ad

गृहपृष्ठ वार्षिकोत्सवका अवसरमा ओम बैंकको वृक्षारोपण र ट्राफिक सचेतना

वार्षिकोत्सवका अवसरमा ओम बैंकको वृक्षारोपण र ट्राफिक सचेतना

वार्षिकोत्सवका अवसरमा ओम बैंकको वृक्षारोपण र ट्राफिक सचेतना

ओम डेभलभमेन्ट बैंकले वृक्षारोपण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । बैंकले आफ्नो मुख्य शाखाको १८औं वार्षिकोत्सवका अवसरमा त्रिदिवसीय कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–२६, खास्टे तालवरपर वृक्षारोपण र त्यहाँ रहेका मन्दिरका लागि आवश्यक सामग्री प्रदान गरेको शाखा प्रबन्धक सुदिप पौडेलले जानकारी दिए ।

त्रिदिवसीय कार्यक्रमअन्तर्गत आइतबार पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक हँुदै न्युरोडका सडक तथा सडक पेटीमा ट्राफिक सचेतना गरिएको थियो । सचेतना कार्यक्रममा पैदल यात्रीलाई फुटपाथको प्रयोग तथा सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, जेव्रा क्रसको अनिवार्य प्रयोगबारे सचेतना प्रदान गरेको शाखा प्रबन्धक पौडेलले बताए । सार्वजनिक सवारी साधनका सवारी चालकलाई पनि ट्राफिक अनुशासन र सडक अनुशासनबारे जानकारी गराइएको थियो ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु