global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपाका महिला नेतृहरु पीडितलाई लिएर गृहमन्त्रीसामु उभिएपछि…

नेकपाका महिला नेतृहरु पीडितलाई लिएर गृहमन्त्रीसामु उभिएपछि…

नेकपाका महिला नेतृहरु पीडितलाई लिएर गृहमन्त्रीसामु उभिएपछि…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरुले गृहमन्त्री रामबहादुर थापालाई भेटेर बलात्कारीलाई फाँसी दिने व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न पनि दबाब दिएका छन् । गृहमन्त्री थापालाई सामूहिक रुपमा भेटेका उनीहरुले महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरे ।

पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ज्ञापानपत्रसमेत बुझाएका छन् । महिला नेतृहरुले पार्टी गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरु आफैं लज्जित हुने अवस्था आएको बताएका थिए ।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु