global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डकाे घरबेटीका कारण सर्वसाधारण सडकमा

प्रचण्डकाे घरबेटीका कारण सर्वसाधारण सडकमा

प्रचण्डकाे घरबेटीका कारण सर्वसाधारण सडकमा

ठेकेदारको ढिलासुस्तीले समयमै सडक निर्माण नहुँदा धुलोधुवाले प्रदूषण बढेको भन्दै स्थानीय वासिन्दाले शुक्रबार कलंकी–नागढुंगा सडक अवरुद्ध पारेका छन् । समयमै सडक निर्माणको काम सक्न उनीहरुले चेतावनी पनि दिएका छन् ।

शुक्रबार बिहान साढे ८ बजेदेखि उनीहरूले २ घन्टा सडक अवरुद्ध पारे । वर्षौंदेखि लथालिंग रहेको कलंकी–नागढुंगा सडकको धुलोलेस्वच्छ हावामा सास फेर्न पाउनु पर्ने नागरिकको अधिकार हनन भएकाले आफूहरू आन्दोलनमा आउनु परेको उनीहरूको भनाइ छ ।

धुलोका कारण जेष्ठ नागरिक र बालबालिकामा फोक्सो, किड्नीको समस्या देखिन थालेको चन्द्रगिरी १५ का शिव श्रेष्ठले बताए ।

स्थानीयले अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी, ठेक्का पाएको कम्पनी शैलुङ कन्स्ट्रक्सन, प्रहरी र स्थानीयबीच वार्ता भएको छ । वार्ताबाट समाधान ननिकालिए फेरि आन्दोलन गर्ने स्थानीयबासीले चेतावनी दिएका छन् । त्रिपुरेश्वर–कलंकी–नागढुंगा ९.१ किलोमिटर सडकको ठेक्का नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो सडक एक अर्ब १३ करोड, ८४ लाख ३२ हजार ७३० रूपैयाँमा ठेक्का लागेको हो । एक वर्षे सम्झौता अनुसार २०७२ असार मसान्तमा अधिकारीले ठेक्का लिएका थिए । बढीमा पुस मसान्तसम्म सक्नु पर्ने भए पनि अहिलेसम्म ५० प्रतिशत काममै अल्झिएकाले स्थानीयबासी आन्दोलित बनेका हुन् ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु