गृहपृष्ठ पार्टीमा कसैको रवैया अस्वीकार्य : माधव नेपाल
पार्टीमा कसैको रवैया अस्वीकार्य : माधव नेपाल
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीचकाे विवाद सतहमा अाएकाे छ । खासगरी अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे असन्तुष्टिले विवाद बढेकाे हाे । अध्यक्ष ओलीले प्रदेश इन्चार्ज र नेतृत्व बाँडफाँड गरेपछि वरिष्ठ नेता नेपाल रुष्ट बनेका छन् । उनले नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा चियापान आयोजना गरेका छन् । नेता नेपालले पार्टीलाई दुर्घटना जानबाट रोक्नुपर्ने बताएका छन् । उनले पार्टीमा कसैको रवैया सहेर नबस्ने चेतावनी दिएका छन् । ‘नीति, विधि, नैतिकता र सहमति भन्ने कुरापनि हुन्छ,’ नेता नेपालको भनाइ उदृत गर्दै उनी निकट एक स्थायी कमिटी सदस्यले भने, ‘तर पार्टीभित्र ती कुराको कमी हुँदै गएको मैले पाएको छु ।’ चियापानमा कतिपय स्थायी कमिटी सदस्यहरु पनि उपस्थित थिए । ४५ सदस्यीय स्थायी कमिटीमा ११ जना माधव नेपालको पक्षमा खुलेरै बोल्ने गरेका छन् ।
माधव नेपाल एक साताअघि केपी ओलीले नयाँ मापदण्ड बनाएर प्रदेश र जिल्ला तहको नेतृत्व बाँडफाँड गर्ने बताएका थिए । तर, आफ्ना बचन तोडेर ओलीले सचिवालय बैठक राखेर प्रदेश कार्यविभाजन गरेपछि नेता नेपाल रुष्ट बनेका स्रोतको दाबी छ । त्यसो छ, कार्यबाहक अध्यक्षको जिम्मेवारी नपाउनुले पनि नेता नेपालको मन चिढ्याएको बताइन्छ ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड मुलुकबाहिर रहेका बेला नेता नेपालले आयोजना गरेको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेता नेपालले बिहीबार संसदमा सरकारको खुलेरै आलोचना गरेका थिए ।
प्रकाशित समय : २१:३२ बजे



















