global ime bank Long Banner Ad

गृहपृष्ठ माफियाहरुले चिकित्सा शिक्षा विधेयक पास गरेनन् : डा. केसी

माफियाहरुले चिकित्सा शिक्षा विधेयक पास गरेनन् : डा. केसी

माफियाहरुले  चिकित्सा शिक्षा विधेयक पास गरेनन् : डा. केसी

चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पास नभएकोमा आपत्ति जनाएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरि डा. केसीले विधेयक पाश नगरि संसदको अधिवेशन अन्त्य भएकोमा आपत्ति जनाएका हुन् ।

बिहीबार रातिबाट संसदको वर्षे अधिवेशन सकिए लगत्तै डा. केसीले पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन् । उनले सेवा मुलक पेशालाई संसदहरु पैसा कामाउने स्वार्थमा लागेकाले विधेयक पास नभएको आरोप लगाएका छन् ।

गत साउन १० गते १५ औं पटक २७ दिन लामो अनशन बसका थिए । सो क्रममा प्रधानमन्त्री केपी ओलीको अग्रसरतामा सहति भएपछि उनले अनशन तोडेका थिए । उनले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा समेत  माग गरेका छन् ।

विधेयक पास नगारउन शिक्षा मन्त्री नै लागिपरेको भन्दै उनले राजीनामा माग गरेका हुन् । दुई महिनासम्म पनि सहमति कार्यान्यवन नभएको भन्दै डा.केसीले १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।

 

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु