global ime bank Long Banner Ad

गृहपृष्ठ बेलका जाँदै हुनुहुन्छ भने होस् गर्नुस्, यो बाटोमा पछारिनुहोला !

बेलका जाँदै हुनुहुन्छ भने होस् गर्नुस्, यो बाटोमा पछारिनुहोला !

बेलका जाँदै हुनुहुन्छ भने होस् गर्नुस्, यो बाटोमा पछारिनुहोला !

बेलका नगरपालिकाको वडा नम्बर ४ मा एउटा यस्तो ठाउँ छ, जहाँ हरेक दिन कोही न कोही दुर्घटनामा परेकै हुन्छन् । लालबजारभन्दा २ सय मीटर पूर्वमा एउटा सानो कुलेसो छ । वर्खामा सानोतिनो बाढी नै आउँछ । सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनको लापरवाहीले उक्त स्थानमा दिनहुँ दुर्घटना हुने गरेको छ । उक्त खोलामा पुल निर्माण गर्नुको साटो सामान्य पक्की गरेर छाडिएको छ । जहाँ लेउ जमेर मोटरसाइकल, साइकलदेखि पैदलयात्रीसमेत पछारिने गरेका छन् । कतिपय गम्भीर घाइतेसमेत भएका छन् ।

वडा नम्बर ४ का अध्यक्ष दीपक दंगालले यसबारे डिभिजन सडक कार्यालयलाई पनि जानकारी गराइएको बताए । ‘निर्माण कम्पनीको लापरवाहीका कारण यात्रुले दुख पाइरहेका छन्,’ उनले भने, ‘यसबारे मैले सडक डिभिजन कार्यालयलाई पनि जानकारी गराएको छु ।’

चाडबाडका बेला यो बाटो नहिँडेकाहरु झन् बढी खतरामा परेका छन् । मोटरसाइकलमा जति नै विस्तारै गए पनि चिप्लिन्छ । त्यसैले अलि माथिबाट अप्ठेरो गर्दै तार्नुपर्ने बाध्यता छ । पीच सडक बनाएको ठेकेदारको सानो लापरबाहीले धेरैको ज्यान जोखिममा परेको छ । यहाँ पनि पुल निर्माण गर्न स्थानीयबासीले माग गरेका छन् ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु