काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

14.76K
shares

संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले जितेका छन् ।
सेनाका होमलाल श्रेष्ठ दोस्रो, हरिकुमार रिमाल तेस्रो भएका छन् । पुरुषतर्फ मात्र प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिताको विजेता पार्कीले ५० हजार रुपैयाँ हात पारे । दोस्रो भएका श्रेष्ठले ३० हजार र तेस्रो हुने रिमालले २० हजार रुपैयाँ पाएका छन् ।

म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र एपीएफ क्लबका साथै अन्य दुई सय ५० खेलाडीको सहभागिता थियो । विजेतालाई युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राखेप सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे ।

संविधान दिवसकै अवसरमा आज नेपाल रातो र नेपाल नीलो टिमबीच टी–२० मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभ्वन विश्वविद्यालय क्रिकेट मैदानमा हुने राखेपले जनाएको छ ।