गृहपृष्ठ त्रिविको बजेट २१ अर्ब
त्रिविको बजेट २१ अर्ब
त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले यो आर्थिक वर्षका लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
मंगलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने प्रस्ताव पारित भएको रजिस्टार डिल्लीराम उप्रेतीले जानकारी दिएका छन् ।
उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने बताईएको छ । सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले अन्य क्षेत्रमा पनि बजेट न्यून रहेको भन्दै त्रिविलाई आफ्नो स्रोत र साधन अनुकूल नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न सुझाव दिएका थिए ।
प्रकाशित समय : १३:५३ बजे



















