global ime bank Long Banner Ad

गृहपृष्ठ कालो दिवस मनाउने सिके राउतका कार्यकता धमाधम पक्राउ

कालो दिवस मनाउने सिके राउतका कार्यकता धमाधम पक्राउ

कालो दिवस मनाउने सिके राउतका कार्यकता धमाधम पक्राउ

संविधान दिवसको विरुद्धमा विरोधका कार्यक्रम गर्ने र कालो दिनका रुपमा मनाउने घोषणा गरेका सिके राउतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार जनकपुरको विभिन्न स्थानबाट राउतको अभियानलाई साथ दिन खटिएका १५ कार्यकर्ता पक्राउ परेका छन् । धनुषा प्रहरीले भने उनिहरुको पहिचान खुलाएको छैन । मधेष विरोधी संविधान जारी भएको भन्दै सिके राउतका कार्यकर्ताहरु बाह्रविघा मैदानमा उत्रिएर विरोध गर्ने भएका छन् ।

सिके राउत अभियानका प्रवक्ता अब्दुल खानले दिएको जानकारी अनुसार गठबन्धनका १३ जना कार्यकर्तालाई विभिन्न ठाउँबाट प्रहरीले मँगलबार दिउँसै पक्राउ गरेको हो भने दुई जनालाई साझमा जनकपुरबाट पक्रेको हो ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु