गृहपृष्ठ इतिहास रच्न चुक्यो हङकङ
इतिहास रच्न चुक्यो हङकङ
एसिया कपमा हङकङले भारतविरुद्ध अप्रत्यासित नतिजा ल्याउनबाट चुकेको छ । प्रतियोगिताको कमजोर टोली हङकङलाई भारतले मात्र २६ रन अन्तरले हरायो ।
पहिले ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक १ सय २७ रन बनाएका थिए ।
२ सय ८६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभारमा मात्र २ सय ५९ रन जोड्न सक्यो । भारतका खलील अहमदल र युजबेन्द्र चहलले तीन–तीन विकेट लिए ।
हङकङको शुरुवात भने आक्रमक र सम्हालिएको थियो । पोपनिङ ब्याट्सम्यान अंशुमान रथ र निजाकत खानले पहिलो विकेटका लागि १ सय ७४ रनको साझेदारी गरेका थिए । जसले प्रतियोगिताको दाबेदारका रुपमा हेरिएको भारतलाई खतरा महशुस भएको थियो । अंशुमन व्यक्तिगत ७३ रन बनाएर पहिलो विकेटका रुपमा आउट भए भने निजाकत खान पनि व्यक्तिगत ९२ रनमा पभेलिएन फर्किए ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको हङकङ यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित समय : १४:३० बजे



















