global ime bank Long Banner Ad

गृहपृष्ठ बार्सिलोना विजयी, मेसीको शानदार ह्याट्रिक

बार्सिलोना विजयी, मेसीको शानदार ह्याट्रिक

बार्सिलोना विजयी, मेसीको शानदार ह्याट्रिक

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएरातिको खेलमा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले शानदार जीत दर्ता गराएको छ । बार्सिलानोका अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनल मेसीको ह्याट्रिकको मद्दतले पीएसभी ४–० गोल अन्तरले पराजित भएको हो । मेसीले योसँगै आफ्नो करियरको ४८औं ह्याट्रिक पूरा गरेका छन् । अर्को एक गोल भने डेम्बेलेले गरेका थिए ।

फ्रीकिकमार्फत पहिलो हाफको ३१अाैं मिनेटमा मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सालाई २–० अग्रता दिलाए । खेलको ७७औं मिनेटमा इभान राकिटिकको पासमा मेसीले व्यक्तिगत दोस्रो गोल गरे । स्यामुयल उम्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए पछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । ८७औं मिनेटमा लुइस स्वारेजको सुन्दर पासमा मेसीले ह्याट्रिक पूरा गरेका थिए ।

समूह बी कै अर्को खेलमा इन्टर मिलानले टोटेनहमलाई २–१ गोलअन्तरले पराजित गरेको छ । हिजै भएको समूह सी अन्तर्गतको खेलमा अतिरिक्त समयमा गोल खाँदै फ्रान्सेली क्लब पीएसजी इंग्लिस क्लब लिभरपुरसँग ३–२ गोलले पराजित भएको छ ।

प्रकाशित समय : १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु