global ime bank Long Banner Ad

गृहपृष्ठ विषाक्त रक्सीले लियो १९ जनाको ज्यान, चार नेपालीको मृत्यु

विषाक्त रक्सीले लियो १९ जनाको ज्यान, चार नेपालीको मृत्यु

विषाक्त रक्सीले लियो १९ जनाको ज्यान, चार नेपालीको मृत्यु

मलेसियामा विषाक्त रक्सी सेवनका कारण १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना नेपाली रहेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म ५१ जना बिरामी परेका छन् । १४ जना गम्भीर बिरामी परेका छन् । उनिहको उपचार जारी छ । मृत्यु भएकामध्ये तीन मलेसियन नागरिक छन् भने अन्य नेपाल, बंगलादेश, म्यानमार र भारतका नागरिक रहेको बताइएको छ ।

दुतावासका अनुसार विषक्त रक्सीले धादिङ गंगाजमुना गाउँपालिका ६ बरेरीका २४ वर्षीय विकास घलेको सनाखत भएको छ भने, विकास विशाल बुढाथोकी र सञ्जय उरावको पहिचान खुलेको छ । एकजनाको भने सनाखत हुन सकेको छैन । कडा प्रकारको रक्सी सेवनका कारण धेरै जनाको ज्यान गएको हो ।

मलेसियाको स्वास्थ्य विभागले गरेको अनुसन्धानमा बिरामीले क्वालम्पुरको एक ठाउँबाट धेरै समयदेखि रक्सी किन्ने गरेको खुलेको तर, सो रक्सीमा कस्तो प्रकारको विषाक्त पदार्थ मिसाइएको भन्ने विषय भने अझै खुल्न सकेको छैन । मलेसियन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

बिरमीसँग लिइएको जानकारीअनुसार उनीहरुले तीख प्रकारका रक्सी किनेका थिए । किंगफिसर बियर, ग्राण्ड रोयल ह्विस्की र मण्डले ह्विस्की । मलेसिया क्वलालम्पुर क्षेत्रका विभिन्न उद्योग कलकारखानामा काम गर्ने मजदुरहरुले सोमबार सार्वजनिक बिदाको मौकामा रक्सी सेवन गरेका थिए ।

विषाक्त रक्सीका कारण ‘मेथानोल पोइजनिङ’ भएको र श्वासप्रश्वासमा समस्या, पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने, रिँगटा लाग्ने लगायतका समस्या देखिएका छन् ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु