global ime bank Long Banner Ad

गृहपृष्ठ ‘राहत शिक्षक व्यवस्थापनमा सरकारको बेवास्ता’

‘राहत शिक्षक व्यवस्थापनमा सरकारको बेवास्ता’

‘राहत शिक्षक व्यवस्थापनमा सरकारको बेवास्ता’

नेपाल राहत शिक्षक समिति प्रदेश ७ को भेला तथा अन्तर्क्रिया कैलालीको धनगढीमा सम्पन्न भएको छ । ‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, पेसागत स्वामित्वका लागि राहत शिक्षक एकता’ भन्ने मूल नारासहित पेसागत स्थायित्वका लागि रणनीतिसम्बन्धी प्रदेश ७ स्तरीय बृहत अन्तर्क्रिया तथा भेला भएको हो ।

कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रीय समितिका सह-अध्यक्ष नवीनसिंह धामीले राहत शिक्षकको व्यवस्थापनका लागि वर्तमान सरकारको तर्फबाट पहल नभएको बताए । ‘सरकारले राहत शिक्षकले विगतका आन्दोलनबाट प्राप्त गरेको उपलब्धिलाई समेत संघीय शिक्षा ऐनमा नामेट गर्न खोजेको छ,’ उनले भने ।

नेपाल राहत शिक्षक समिति केन्द्रीय सल्लाहकार सदस्य कुमार बजगाईले राहत शिक्षकका मुद्दालाई जारी हुन लागेको संघीय शिक्षा ऐनमा सम्बोधन गर्न वर्तमान सरकारलाई राहत शिक्षक समितिले बाध्य पार्ने चेतावनी दिए ।

प्रकाशित समय : ०१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु