काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठ पूजा स्थल तोडफोड गर्ने दुई जना पक्राउ

357
shares

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नामा छठ पूजाका निर्माण गरिएको छठ स्थल तोडफोड गरेको अरोपमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय १९ बर्षीय रिजवान मन्सुरी र २१ बर्षीय मोहम्मद जहुर मियाँ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । छठ पुजाको मुख्य दिन अस्ताउदो सुर्यलाई अर्घ दिएर भक्तजन घर तर्फ फर्केका बेला पक्राउ परेकाको समुहले तोडफोड गरेको आरोप रहेको छ ।

घाटमा तोडफोडबाट क्षति भएका पूजा स्थललाई पुनःनिर्माण गरी पूर्व अवस्थामा ल्याएका थिए । नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीयवासी सहितको सहभागीतामा तोडफोड गरेका पुजा स्थल पुनः पुर्वत अवस्थामा फर्काएका थिए ।

धार्मिक आस्थासँग जोडिएको छठ पर्वका लागि निर्माण तथा सजावट गरिएको सुनसरी हरिनगर ६ अर्नमा घुस्की छठ घाटमा तोडफोड भएपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।

छठ पर्व कुनै एक समुदायको मात्र धार्मिक गतिविधि नभई सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ । यस्तो पर्वका लागि तयार पारिएको घाटमा तोडफोड हुनु दुःखद विषय हो । धार्मिक आस्था र परम्परासँग जोडिएका संरचना माथि हुने कुनै पनि प्रकारको अवाञ्छित गतिविधिले समुदायबीच अविश्वास र असमझदारी बढाउन सक्ने भएकाले घटनालाई संवेदनशील रूपमा लिनुपर्ने देखिन्छ । यता समाजका अगुवाहरुले छठघाट तोडफोडमा सलग्न ब्यक्तिलाई कानुनी दायरामा ल्याउनका लागि चौतर्फी रुपमा अवाज उठाउन थालेका छन् ।

घटनाको वास्तविक कारण, तोडफोडमा उनीको भूमिका र अन्य सम्भावित संलग्नताबारे निष्पक्ष अनुसन्धान हुनु आवश्यक छ । अनुसन्धानबाट दोषी ठहर हुने व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिनुपर्ने स्थानीयवासी तथा समाजिक क्षेत्रका अगुवाहरुले माग गरेका छन् ।