गृहपृष्ठ कांग्रेस आन्तरिक विवादमा फस्यो : रिजाल
कांग्रेस आन्तरिक विवादमा फस्यो : रिजाल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नै यतिबेला आन्तरिक विवादमा फसेको छ । कांग्रेसकै नेताहरुले पार्टी आन्तरिक विवादमा फसेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
नेता मीनेन्द्र रिजालले पार्टीभित्र लापर्बाही बढेको र विवाद मौलाएका बताएका छन् । बिपी कोइरालाको १०५औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडाैं-धनकुटा सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा नेता रिजालले पार्टीभित्र एकले अर्काको अस्तित्व नस्वीकार्ने प्रवृत्ति बढ्दै गएको बताए ।
कार्यक्रमका सहभागीले बिपी कोइरालाको सिद्धान्त र विचारलाई आत्मसात गरेर हिँड्न नसक्दा कांग्रसको अवस्था यति नाजुक भएको बताए । पार्टीभित्र एकता र सहकार्य भएको भए विपक्षीले कुनै हालतमा दुई तिहाई मत ल्याउन नसक्ने उनीहरुको भनाइ छ ।
पार्टीभित्रकै असमझदारी र विवादका कारण ठूलो पराजय व्यहोर्नुपरेकाले पार्टीलाई अनुशासित बनाउँदै एक ढिक्का भएर अघि बढ्नुपर्ने र कसैले अटेर गरे कारबाही गर्नुपर्ने उनीहरुले बताए ।
वि. सं. १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका बिपीको २०३९ साल साउन ६ गते काठमाडौंमा निधन भएको थियो । बिपी कोइराला राजनीतिक चिन्तकका साथै साहित्यकार पनि हुन् ।
प्रकाशित समय : ०१:४६ बजे



















