global ime bank Long Banner Ad

गृहपृष्ठ दोस्रो कोमिक कोन नेपाल सेप्टेम्बर १५ मा

दोस्रो कोमिक कोन नेपाल सेप्टेम्बर १५ मा

दोस्रो कोमिक कोन नेपाल सेप्टेम्बर १५ मा

दोस्रो कोमिक कोन नेपाल कार्यक्रम सेप्टेम्बर १५ मा आयोजना हुने भएको छ । पहिलो कोमिक कोन नेपाल २०१७ सेप्टेम्बरमा ललितपुरको झम्सिखेलमा भएकोे थियो ।

पश्चिमी संस्कृतिबाट आएको कोमिक कोनको अवधारण अहिले विश्वभर लोकप्रिय बन्दै गएको छ । कोमिक कोनले विभिन्न सांस्कृतिक पृष्ठभूमि भएका व्यक्तिलाई प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्छ ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा कोमिक कोन नेपालका सञ्चालक सृष्टि श्रेष्ठले व्यक्तिमा लुकेर रहेको कला र प्रतिभालाई उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बताइन् । कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । कार्यक्रमका सहभागीले साहित्य, हस्तकला, मन पर्ने कलाकारको अभिनय तथा खेल प्रस्तुत गर्न सक्नेछन् ।

कार्यक्रमको विजेताले नगद पुरस्कार तथा मेडल पाउनुका साथै जापानको टोकियो हुने कोमिक कोनमा सहभागी हुने अवसर पाउनेछ । कोमिक कोन नेपालको फेसबुक पेजमा करिब तीन लाख फलोअर छन् । त्यसैले यो कार्यक्रममा विभिन्न पृष्ठभूमि, उमेर र परिवारबाट १० हजारभन्दा बढीले सहभागिता जनाउने आयोजकको विश्वास छ ।

प्रकाशित समय : ०२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु