global ime bank Long Banner Ad

गृहपृष्ठ मोटरसाइकल चोरी नियन्त्रणमा रिकन्डिसन व्यवसायीको महत्वपूर्ण भूमिका

मोटरसाइकल चोरी नियन्त्रणमा रिकन्डिसन व्यवसायीको महत्वपूर्ण भूमिका

मोटरसाइकल चोरी नियन्त्रणमा रिकन्डिसन व्यवसायीको महत्वपूर्ण भूमिका

नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका चोरी नियन्त्रण शाखाका प्रमुख तथा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीले मोटरसाइकल चोरी नियन्त्रणका लागि रिकन्डिसन व्यवसायीको पनि महत्वपूर्ण भूमिका हुने बताए । महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले समाज वा राष्ट्र सञ्चालनका लागि समेत रिकन्डिसन व्यवसायीको भूमिका अहं भएको धारणा राखे ।

टीभीएस बाइकको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष तथा नाडा कार्यसमिति सदस्य दीपक अग्रवालले मोटरसाइकल आयातकर्तासँगै रिकन्डिसन व्यवसायसमेत विस्तार भइरहेको समयमा दुवै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताए ।

नेपाल रिकन्डिसन व्यवसायी संघका अध्यक्ष बीएन पाठकले गत वर्षयता संघले हासिल गरेका उपलब्धि र आगामी योजनाका बारेमा जानकारी गराए । गत वर्ष मोटरसाइकल नामसारीलगायतका कार्यका लागि जाने व्यवसायीलाई यातायात कार्यालयमा परिचय पत्र प्रदान गर्ने, सेवाग्राहीलाई आवश्यक सल्लाह प्रदान गर्ने, ट्राफिक प्रहरीसँग अन्तर्क्रिया गर्ने आदि कार्य संघले सम्पन्न गरेको छ । आगामी वर्ष कार्यालयसँग समन्वय गरी व्यावसायिक हकहितका लागि पहल गर्ने र मोटरसाइकल चोरी नियन्त्रणका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी पहल गर्ने आदि कार्य गर्ने बताइएको छ ।

सेकेन्ड ह्यान्ड मोटरसाइकलको कारोबार गर्ने व्यवसायीको हकहितका लागि नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको स्थापना २०६२ वैशाख १९ गते भएको हो । हाल संघमा एक सय १७ संस्था सदस्य छन् । काठमाडौं उपत्यकामा मात्र कार्यरत रहेको संस्थालाई आगामी दिनमा उपत्यका वाहिर समेत विस्तार गर्ने योजना रहेको पाठकले बताए ।

प्रकाशित समय : ०२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु