गृहपृष्ठ सेलिया गेट्सको थिंक एन्ड ग्रो वर्कसप
सेलिया गेट्सको थिंक एन्ड ग्रो वर्कसप
सेलिया गेट्सको थिंक एन्ड ग्रो वर्कसप शनिबार सम्पन्न भएको छ । गेट्स एक लेखिका तथा आन्टरप्रेनर हुन् । ग्लोबल ब्रेनस्ट्रोम र वेदर फोरकास्ट माइन्ड टुलका क्रिएटर गेट्स व्यक्ति तथा संथाहरुको रणनीतिक सल्लाहकार पनि हुन् ।
झन्डै १०० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको पहिलो सत्रमा नयाँ विचार र आविष्कार, दिगो व्यापार तथा दोस्रो सत्रमा एडभान्स अग्रिम सोचको अभ्यास र तेस्रो सत्रमा पर्पोज प्यारासुट्स, दिगो व्यवसायको योजना र बजार केन्द्रित आविष्कार सञ्चालन गरिएको थियो । अन्त्यमा, सहभागीले सुमन शाक्य र मदन लम्सालको साथमा सेलिया गेट्ससँग प्रश्नोत्तर कार्यक्रम गरेका थिए ।
काठमाडौंको मल्ल होटलमा आयोजना भएको कार्यक्रमको आयोजना नेपाल आन्टरप्रेनर हवले गरेको हो, जसमा सह–आयोजक आईएए नेपाल च्याप्टर रहेको थियो भने द हिमालयन टाइम्स मिडिया पार्टनर, सिल्भर पार्टनर किंग्स कलेज, बेवरेज पार्टनर कोकाकोला र इन्टरनेट पार्टनर भायनेट थियो ।
प्रकाशित समय : ०२:२४ बजे



















