काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

1.01K
shares

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार गत कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको छ । सो महिनामा १७ अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा रु १५ करोड बढी सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।

गत कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलामलगायत विभिन्न व्यापारिक वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

सो भन्सार कार्यालयले गत भदौदेखि लगातार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । असोज महिनामा मात्रै कार्यालयले २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व सङ्कलन गरिसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिए ।