global ime bank Long Banner Ad

गृहपृष्ठ ‘समग्र प्रदेश शिक्षित प्रदेश’ नाराका साथ प्रदेश २ मा शिक्षा दिवस मनाइयो

‘समग्र प्रदेश शिक्षित प्रदेश’ नाराका साथ प्रदेश २ मा शिक्षा दिवस मनाइयो

‘समग्र प्रदेश शिक्षित प्रदेश’ नाराका साथ प्रदेश २ मा शिक्षा दिवस मनाइयो

जनकपुरमा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना भएको कार्यक्रममा जानकी मन्दिरबाट सयौं सहभागीले विभिन्न शिक्षाका नारा लेखिएका प्लाकार्डसहित जिल्ला प्रशासन कार्यालयको प्रांगणमा कोणसभा गरेका छन् ।

कोणसभालाइ सम्बोधन गर्दै सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले शिक्षाको खस्किँदो अवस्थालाई सुधार गर्दै प्रदेश २ लाई शिक्षाको हब बनाइने बताए । ‘प्रदेश सरकारले जनकपुरधामलार्इ शिक्षाको हवको रुपमा स्थापित गर्न चाहेको छ,’ उनले भने, ‘प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान प्रदेशमा चलाएको छ । जबसम्म घरका महिला शिक्षित हुन सक्दैनन्, तबसम्म समाज र प्रदेश शिक्षित हुँदैन, तबसम्म देश शिक्षित हुँदैन ।’

शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका निमित्त प्रमुख मेहिलाल यादवले शिक्षकहरू सोर्सफोर्समा सहरकेन्द्रित भएकाले समस्या भएको बताए । ‘धनुषाकै गाउँका विद्यालयमा शिक्षक जान चाहँदैनन् तर विद्यार्थी नभएका र दरबन्दी नै नभएका जनकपुरकै विद्यालयमा शिक्षक नेताले अड्डा जमाउने गरेका छन्,’ उनले भने ।

मन्त्रालयका सचिव देविराम भण्डारी, संकटमोचन देवशरण रामरती उच्च माविका प्राचार्य बलिराम साह, विद्यार्थी आशु चौधरी, सृष्टि शर्मा र सन्नी कर्णले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याए ।

प्रकाशित समय : ०१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु