global ime bank Long Banner Ad

गृहपृष्ठ अपडेट : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ६ को पहिचान खुल्यो

अपडेट : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ६ को पहिचान खुल्यो

अपडेट : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ६ को पहिचान खुल्यो

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु भएका सबैको पहिचान खुलेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मदिरा सेवनबाट ६ जना नेपाली कामदारको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा धादिङ बसेरी ३ का मिमबहादुर घले, रुपन्देही मसिना ६ का रामकुमार यादव, डडेल्धुरा अमरगढी ५ का विशाल बुढाथोकी, सुनसरी पश्चिमकुसाहा ९ का संजय उराव, इलाम सिद्धिथुम्का ९ का बलबहादुर कुलुंग र आइतसिंह गोले रहेका छन् ।

विषाक्त रक्सी सेवनबाट अन्य १६ जना बिरामी परेका छन् । उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु