गृहपृष्ठ उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान
उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान
छ दिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गरेका छन् । उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गरेका हुन् ।
असोज ४ गतेदेखि शुरु हुने १७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन उपराष्ट्रपति पुन चीन गएका हुन् । चीनमा रहँदा उनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग भेटवर्ता गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका थिए । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । राष्ट्रपति पुन असोज ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित समय : १८:१५ बजे



















