global ime bank Long Banner Ad

गृहपृष्ठ ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्छौं : प्रधानमन्त्री

‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्छौं : प्रधानमन्त्री

‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताएका छन् । संविधान दिवसको अवसरमा शु्भकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको बताएका छन् ।

‘असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘त्यसैले उल्लासमय वातावरणमा देशभरि नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौँ ।’

प्रधानमन्त्री ओलीले नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको उल्लेख गरेका छन् ।

संविधानमार्फत संवैधानिक सर्वोच्चतासहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै प्रधानमन्त्रीको सन्देशमा आवधिक निर्वाचन, मानवधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलनसहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिको व्यवस्था गरिएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले संविधानले गरेको परिकल्पनाको आलोकमा यो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु