गृहपृष्ठ कुहिएको मासु बिक्री गर्ने ललितपुरको चार वटा पशुवधशालामा शिलबन्दी

कुहिएको मासु बिक्री गर्ने ललितपुरको चार वटा पशुवधशालामा शिलबन्दी

कुहिएको मासु बिक्री गर्ने ललितपुरको चार वटा पशुवधशालामा शिलबन्दी

सरकारी अनुगमन टोलीले ललितपुरमा रहेको चार वटा पशुवधशालामा शिलबन्दी गरेको छ । मामदण्ड विपरित पशुवधशालाबाट मासु बिक्री बितरण गरेको पाइएपछि अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले शुक्रबार बिहान आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल शाहीले सञ्चालन गरेका वधशालामा शिलबन्दी गरेको हो ।

शिलबन्दी गरेको वधशालामा कुहिएका मासु बिक्री गरेको भेटिएको पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मलले जानकारी दिए । पशुवधशालाबाट अस्वस्थ मासु बिक्री भइरहेको गुनासो आएपछि सरकारी टोली अनुगमनमा निस्किएको हो ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु