काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्राथमिक तहका शिक्षकको भरमा माध्यमिक विद्यालय

15.71K
shares

पाल्पाका दुई विद्यालयमा रिब्दीकोट गाउँपालिकाको लक्ष्मी र भाष्कर माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकको भरमा सञ्चालन भइरहेको छ ।

मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भएको हो । प्राविका शिक्षक र नीजि शिक्षकका भरमा माविमा कक्षा सञ्चालन हुने गरेको छ । मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरमा ध्यान दिइएको छैन ।

तल्ला तहका शिक्षकका भरमा माविका कक्षा सञ्चालन गरी विद्यालय धानिएको छ । दरबन्दी नभए पनि अनुदानका शिक्षकसमेत राम्रो तलव नहुँने भन्दै ति विद्यालयमा जान मान्दैनन् ।

कालिका आधारभूत जोगीथुम र दुर्गा भवानी आधारभूत विद्यालय देउरालीमा पनि शिक्षक दरबन्दी नहुँदा प्रावि तहका शिक्षकका भरमा कक्षा सञ्चालन भइरहेको छ । भाष्कर माविमा एक नीजि स्रोतका शिक्षक छन् । प्राविका शिक्षकले निमावि र माविमा समेत पढाउन थालेपछि पठनपाठन समेत कमजोर बन्दै गएको छ ।

भाष्कर माविमा नीजि स्रोतका शिक्षकलाई मासिक तलब खुवाउन समस्या भएको प्रधानाध्यापक रिखबहादुर खत्रीको भनाइ छ । गत आवमा गाउँपालिका र स्थानीय बासिन्दाको सहयोगमा नीजि स्रोतका शिक्षकलाई तलब खुवाएको थियो । विद्यालयले यस वर्ष स्थानीयसँग रकम संकलन गरी शिक्षकलाई तलब खुवाउने योजना बनाएको छ ।

लक्ष्मी माविमा १२५ विद्यार्थी अध्ययनरत छन् । पाँच नीजि स्रोतका शिक्षक छन् । खर्च धान्न नसकेपछि तीन जनाको नविकरण हुन सकेको छैन । मावि तहमा नीजि स्रोतका एक शिक्षकलाई साढे ८ हजार रुपैयाँ तथा अर्कालाई साढे ४ हजार रुपैया तलव उपलब्ध गराइएको छ ।

दुइ शिक्षकले मात्र पठनपाठन गराउन सक्ने स्थिति हुदैन भने प्रावि तहका शिक्षकको भरमा मावि चलेको छ । जिल्ला शिक्षा कार्यालय र मातहतका निकायले चासो नदिदा जिल्लाका अन्य विद्यालयमा समेत शिक्षक अभाव र पठनपाठन प्रभावित भइरहेको छ । (रासस)