काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ

18.59K
shares

राजधानीबाट मोटरसाइकल चोरी गर्ने गिरोहहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरीको घटना बढेसँगै ट्राफिक प्रहरीले पनि विशेष अप्रेसन सञ्चालन गर्दै आइरहेको छ । सोही क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चावहिलबाट चोरी भएको बजाजको २२० सीसीको पल्सर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ५ लोलाङस्थित सडकखण्डबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ८७ प ८८३९ नम्वरको रातो कालो रङ्गको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका १, भोर्ले घर भई हाल तारकेश्‍वर – ५ लोलाङ बस्ने वर्ष ४१ को जित बहादुर तामाङ, जिल्ला रसुवा नौकुण्ड गाउँपालिका वडा नं. २ घर भई हाल गोकर्णेश्‍वर-२ नयाँपाटी बस्ने वर्ष ४२ को सोमान गंदान तामाङ, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल बौद्ध बस्ने वर्ष २८ को साङ्तेन तामाङ लामा रहेको महाशाखाले जनाएको छ ।

मोरङ जिल्ला घर भएका पृथ्वीमान लिम्बुले बा ८९ प २२८५ नम्वरको २२० सी.सी. को कालो रंङ्गको पल्सर मोटरसाइकल चाबाहिल मैजुबहालबाट हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए । हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र चोरीमा संलग्न तीन जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यस आ.व.०७७/७८ मा चोरीको मोटरसाइकलसहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।