काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सेयर बजारमा २२ अंकको गिरावट

6.29K
shares

सेयर बजार परिसूचक बुधबार २२ अंकले घटेको छ । सेयर बजारका सबै समूह ओरालो लागेपछि बजारमा पहिरो गएको हो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से २ प्रतिशतले गिरावट आउँदा १११८.१३ अंकमा झरेको छ । मंगलबार बजार १० प्रतिशत बढेको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १५६ कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँबराबरको ११ लाख ६८ हजार २३३ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ३८ करोड २६ लाखको सेयर किनबेच भएको थियो । घटेको बजारमा पनि हाथवे फाइनान्स कम्पनी, दिव्येश्वरी हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।