काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यूएईका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

7.81K
shares

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग बुधबार नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत सइद हममन अल नाक्बीले शिष्टाचार भेट गरेका छन् ।

भेटमा उपप्रधानमन्त्रीले पोखरेलले नेपाल र युएइबीच विगत चार दशकदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्ध आगामी दिनमा अझ बढी प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
झण्डै दुई लाखको हाराहारीमा आप्रवासी नेपाली कामदार रहेको युएइसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको र नेपालमा युएइका उद्यमी व्यवसायीको लगानीलाई प्रवद्र्धन गर्न सरकारले लगानी मैत्री नीति तथा कार्यक्रम अघि बढाइरहेको पोखरेलले बताएका थिए ।

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालको छ दशक लामो अनुभव रहेको कुरा उल्लेख गर्दै नेपाली सेना र युएइबीच अनुभव आदानप्रदानलगायत सैन्य क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो ।

राजदूत नाक्बीले युएइ र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रका रूपमा रहेको बताउँदै गर्दै युएइमा ठूलो संख्यामा नेपाली कामदार रहेको र तिनले हालका दिनमा सुरक्षा, निर्माण तथा सेवा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको भन्दै धन्यवाद दिएका थिए ।

संयुक्त अरब इमिरेटसका लगानीकर्ता नेपालको कृषि, पर्यटन, यातायात, परिवहन तथा विमानस्थल व्यवस्थापनलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाले त्यसका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिदिन राजदूत नाक्बीले आग्रह गरेको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।(रासस)