काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कार्की बने मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रार

11.15K
shares

मध्यपश्चिामाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा यामबहादुर कार्की नियुक्त भएका छन् । आइतबार कार्कीले विश्वविद्यालयको रजिष्ट्रारमा पदबहाली गरेका छन् ।

गत २० गते रजिष्ट्रार महेन्द्र मल्ल निलम्बित भएपछि आइतबार नयाँ रजिष्ट्रार यामबहादुर कार्कीले पद बहाली गरेका हुन् । रजिष्ट्रार मल्लले पदीय आचरणको काम नगरेको भन्दै विश्वविद्यालयसभाका एक चौथाई सदस्यले बिहीबार कुलपति समक्ष निवेदन दिएका थिए ।

बिहीबार नै प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले छानबिन समिति गठन गरी रजिष्ट्रार मल्ललाई निलम्बित गरेपछि रजिष्ट्रारमा यामबहादुर कार्कीलाई नियुक्ती गरेका थिए ।

बिहीबार नियुक्ति पाएका कार्कीले भने आईतबार विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा पद बहाली गरेका हुन् ।

पदबहालीपछि रजिष्ट्रार यामबहादुर कार्कीले विश्वविद्यालयको हित अनुरुपको काम गर्ने बताए । ‘विभिन्न विद्यार्थी संगठन, राजनीतिक दल तथा विद्यार्थीलाई समेत मिलाएर लैजाने छु,’ कार्कीले भने । सकेसम्म विश्वविद्यालयको हित हुने काम आफूले गर्ने रजिष्ट्रार कार्कीले प्रतिवद्धता व्यक्त गरे ।