बैंक अफ काठमाडौं आइएमई पे वालेटमा आबद्ध
वि.सं.२०७५ मंसिर २४ सोमवार १८:४१
shares

आइएमई पे का सेवाग्राहीले अबदेखि बैंक अफ काठमाडौं लिमिटेडको खातामा लिंक गरी आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाडौंले सेवाग्राहीलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवा उपलब्ध गराउनेछ । साथै, बैंक अफ काठमाडौंका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्नेछन् ।
आइएमई ग्रुपद्वारा प्रवर्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाडौंबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य सुरु भएको छ । बैंक अफ काठमाडौं ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हो ।
१६ हजारभन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे आईएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको आइएमईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

























