ईपीएल : काठमाडौंको विजयी सुरुवात, चितवनको दोस्रो हार
वि.सं.२०७५ मंसिर २४ सोमवार १८:४१
shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किङ्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवन टाइर्गसलाई ६ विकेटले पराजित गर्दै काठमाडौं विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभरमा १ सय ६० रन बनायो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य काठमाडौंले ७ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।
जारी प्रतियोगितमा चितवनको यो दोस्रो हार हो ।

























