काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंक र दीर्घायु गुरु अस्पतालबीच सम्झौता

18.63K
shares

नबिल बैंक र दीर्घायु गुरु अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दीर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट पाउनेछन् ।

सम्झौताबमोजिम दीर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई बहिरंग बुक, डाक्टर बहिरंग शुल्क, चिकित्सकीय सामग्री, बाह्य प्रयोगशाला परीक्षण, खोप, आईसीयू प्रक्रियाहरू र आईभीएफबाहेक सामान्य अस्पताल शुल्कहरुमा १२ प्रतिशत छुट प्रदान गर्नेछ ।

‘ग्राहकलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रसँगको सम्झौताले हाम्रा कार्ड प्रयोगकर्तालाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ,’ नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने । त्यस्तै, दीर्घायु गुरु अस्पतालका कार्यकारी निर्देशक सुरज बलाया श्रेष्ठले नेपाली नागरिकलाई अधिक सेवा पु¥याउने प्रतिबद्धताअनुरुप नबिल बैंकसँग सहकार्य गरेको जानकारी दिए ।

दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्र एक सुविधा सम्पन्न ५५ शय्यासहितको स्वास्थ्य संस्था हो । त्यस्तै, नबिल बैंकले ७४ शाखा, १२१ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फ सेवा प्रवाह गरिरहेको छ ।