काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विधानसभा निर्वाचन : भाजपाकाे सरकार भएका तीन राज्यमा कांग्रेस अगाडि

9.81K
shares

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको प्रारम्भिक नतिजामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछाडि देखिएको छ । सत्तीसगढमा कांग्रेस स्पष्ट बहुमतमा देखिएको छ भने राजस्थानमा पनि भाजपा पछि परेको छ । मध्य प्रदेशमा भाजना र कांग्रेस बराबरीको नतिजामा देखिएका छन् ।

भाजपाको सरकार हुँदा पनि यी तीनै राज्यमा कांग्रेस अगाडि देखिएको छ । तेलंगानामा केसीआरको पार्टी टीआरएस ८७ सिटमा अगाडि छ । यो दुई तिहाइ बहुमतभन्दा ज्यादा हो । ४० सिट रहेको मिजोरम विधानसभामा एमएनएफ जीततिर अघि बढिरहेको छ । उसले १६ सिट जितिसकेको छ भने सात सिटमा अगाडि छ ।