काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कलंकी-महाराजगन्ज सडक विस्तारका लागि अध्ययन सुरु

11.26K
shares

चक्रपथको कोटेश्वर-कलंकी सडक निर्माण सम्पन्न हुँदै गर्दा कलंकी-महाराजगन्ज सडकखण्डको पनि अध्ययन सुरु भएको छ । कोटेश्वर-कलंकी सडकखण्ड निर्माण सम्पन्न गरेको चिनियाँ निर्माण कम्पनीले नै कलंकी-महाराजगन्ज खण्डको निर्माण अघि बढाउन अध्ययन थालेको हो ।

अध्ययनपछि सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुराको टुंगो लाग्ने सडक विभागले जनाएको छ ।

विभागका सहप्रवक्ता रमेशकुमार सिंहका अनुसार चीन सरकारले नै निर्माण गर्ने करिब १२ किलोमिटर लामो कलंकी-महाराजगन्ज सडकखण्ड कोटेश्वर-कलंकी खण्डजस्तै आठ लेनको हुनेछ । सडकमा मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एक/एक लेनको सर्भिस ट्रयाक रहनेछ । विभागको वैदेशिक महाशाखाले सडक निर्माणको विस्तृत अध्ययन गरिरहेको छ ।

सरकारले कोटेश्वर-कलंकी खण्डका सात ठाउँमा आकाशे पुल निर्माण गरिरहेको छ । सम्झौतामा उल्लेख भएअनुसार चिनियाँ कम्पनीले निर्माण गरेको तीन पुल पर्याप्त नभएपछि सरकार आफैँले केही पुल निर्माण गर्न थालेको हो ।