काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कीर्तिपुरको नयाँबजारमा आइएमई जनरल इन्स्योरेन्सको शाखा

12.77K
shares

आइएमई जनरल इन्स्योरेन्सले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंसिर २८ गते उद्घाटन गरिएको यो आइएमई जनरल इन्स्योरेन्सको ४४औं शाखा हो ।

नयाँ शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालका साथै स्थानीय उद्योगी, व्यापारी, विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

शाखा उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चापागाईंले बीमाको पहुँच फराकिलो हुँदै गएकाले स्वस्थ्य प्रतिपर्धामार्फत ग्राहकलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाव दिए । शाखा विस्तारसँगै गुणस्तरीय सेवाको लागि अनुभवी कर्मचारीको संख्या वृद्धि गर्न समयसापेक्ष प्रशिक्षणको आवश्यकता उनले औंल्याए ।

बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई अध्यक्ष चापागाईंले सुझाव दिए ।

कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । कम्पनीले ४४ शाखा तथा उपशाखा र १० वटा सेवा काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आव २०७५÷७६ को प्रथम त्रैमाससम्ममा करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको, कुल लगानी १ अर्ब ५ करोड पुगेको र खुद नाफा २ करोड ६२ लाख आर्जन गर्न सफल भएको जानकारी दिए । आइएमई जनरल इन्स्योरेन्समा २४० जनाले रोजगारी पाइरहेका छन् ।