मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा एक युवकको मृत्यु
वि.सं.२०७५ मंसिर २९ शनिवार १७:२७
shares

दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो ।
च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा२४प ८१२८ नम्बरको मोटरसाइकल गोलाइ मोड्ने क्रममा शुक्रबार साँझ दुर्घटना भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल सिक्दै गरेका खत्रीले खरिखोलाको गोलाई मोड्न नसक्दा मोटरसाइकल रुखमा ठोक्किएर सडकबाट करीब ३२ फिट तल पुगेको थियो । मृतक खत्रीको शव परीक्षणका लागि जिरी अस्पतालमा राखिएको छ । (रासस)

























