काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घोप्टेभिरमा ढुङ्गा लागेर मृत्यु

630
shares

चितवन। पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुङ्गा खसेको थियो । ढुङ्गाले लागेर मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । घाइते महर्जनको उपचारका क्रममा दिउँसो मृत्यु भएको उनले जानकारी दिए ।