काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीका सल्लाहकार र मन्त्री फेर्न दबाब दिने तयारी

11.55K
shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताहरुले प्रधानमन्त्रीका केही सल्लाहकार र मन्त्री फेर्नुपर्ने विषयलाई एजेन्डा बनाउने तयारी गरेका छन् । सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै आलोचना बढिरहँदा बस्न लागेको बैठकमा मन्त्री तथा सल्लाहकार हेरफेरको विषयलाई असन्तुष्ट पक्षले जोडदार रुपमा उठाउने भएका हुन् ।

एउटै विमानका दुई पाइलटहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीको विरोधमा रहेका नेताहरुले यस विषयमा कुरा राख्नेछन् । ओली र दाहालको ‘कमान्ड’ हल्लाउन वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम, नारायणकाजी श्रेष्ठको ‘विपरीत ध्रुवको गठबन्धन’ बनेको छ । स्थायी कमिटी बैठक पर्खेर बसेको यो गठबन्धनले सरकार र पार्टीमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भूमिकाप्रति उछित्तो काड्ने रणनीतिमा छ ।

‘सरकारको काम प्रभावकारी नहुनु र प्रधानमन्त्री दिनप्रतिदिन अलोकप्रिय हुँदै जानुमा प्रधानमन्त्रीका सारथी एवं सल्लाहकारको मुख्य भूमिका छ, उनीहरुलाई नहटाएसम्म न सरकारले राम्रो काम गर्न सक्छ न प्रधानमन्त्रीको व्यक्तिगत छवि नै राम्रो हुन्छ,’ असन्तुष्ट पक्षका नेताहरु भन्छन् ‘यसलै अहिले भएका केही सल्लाहकार र केही मन्त्रीहरु फेर्नुपर्छ ।’ सरकारले जनअपेक्षाका साथै पार्टी घोषणापत्रअनुसार काम गर्न नसकेकोमा अधिकांश नेताहरुको गुनासो छ । ‘सरकारका काम–कारबाहीसँगै पार्टी एकता प्रक्रिया टुंगोमा नपुगेको विषयमा बैठकमा छलफल हुनेछ, यसैलाई मुख्य मुद्दा बनाउँछौं,’ नेपाल पक्षका नेता बेदुराम भुसाल भन्छन् ।

नेपाल पक्षका नेताहरूको बुझाइमा अध्यक्ष ओली पार्टीमा विभेदकारी नीतिका साथ अघि बढेका छन् । अनि अरु पक्षका नेताहरुलाई पेल्ने र आफ्नो पक्षकालाई मात्र संरक्षण गर्छन् । ओली विधि–प्रक्रिया मिचेर निर्णय लिने, स्वेच्छाचारी र अहंकारी रहेको नेपाल पक्षको बुझाइ छ । अध्यक्ष ओलीलाई गुटबन्दीलाई प्रश्रय दिएको जस्ता आरोप लगाउँदै आएका नेपाल पक्ष र खनाल, गौतम र श्रेष्ठले समेत यस विषयमा कुरा उठाउने बताइएको छ ।

किन फेर्ने मन्त्री र प्रधानमन्त्रीका सल्लाहकार ?
प्रधानमन्त्रीका सल्लाहकारमध्ये सबैभन्दा विष्णु रिमाल सबैको तारो बनेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालप्रति नेता नेपालमात्र नभई ओली पक्षकै नेताहरु पनि सन्तुष्ट छैनन् । उनले विभिन्न मन्त्रालयका सचिवलाई दिनहुँजसो ‘बिफ्रिङ’ मा बोलाउँछन् । मन्त्रीले दिनभर गरेको काम र मन्त्रालयका कामका प्रगति विवरण माग्दै हप्कीदप्की गर्छन् । जसकारण सचिवदेखि कर्मचारीसम्मले उनलाई र प्रधानमन्त्रीलाई समेत मन पराउन छाडेका छन् ।

प्रधानमन्त्रीले जत्ति नै निर्देशन दिए पनि कर्मचारीतन्त्र जिम्मेवारी पूरा गर्न गम्भीर नबनेको र सरकारले काम गरेको जस्तो नदेखिएको नेपाल पक्षको बुझाइ छ । रिमाल सल्लाहकारभन्दा पनि ओलीको छायाँ शासकको रुपमा प्रस्तुत हुँदै आएका कारण उनको विकल्पबारे आफूहरुले कुरा उठाउने नेताहरु बताउँछन् । ‘कानुनसम्मत् हुनुपर्ने काम पनि उनले नचाहेसम्म हुँदैन, कानुनसम्मत् हुँदै नहुने काम पनि उनले चाहे सबै हुन्छ, सत्ताको डाडुपन्यु लिएर उनले दुरुपयोग गरिरहेका छन्, जसले गर्दा सिंगो सरकार बदनाम भएको छ र पार्टीको समेत दुनार्म भएको छ,’ नेताहरु भन्छन् ।

यस्तै सरकारका केही मन्त्रीहरुले काम गर्न नसकेको र उनीहरुको आलोचना भएको भन्दै फेर्नुपर्ने विषयमा कुरा उठ्ने भएको छ । केही मन्त्रीहरु भ्रष्टाचार र अनियमिततामा लागेको र उनीहरुले सिंगो सरकारलाई बदनाम गराएकाले हटाउनुपर्ने र उनीहरुमाथि छानबिनसमेत गर्नुपर्ने विषयमा नेताहरुले कुरा उठाउने भएका हुन् ।

ओली र नेपाल दुवैलाई प्रचण्डको आशा
नेपाल पक्ष तत्कालीन माओवादी खेमाका स्थायी समितिका केही सदस्यलाई आकर्षित गरेर ओली पक्षसँग जुध्ने रणनीतिमा छन् । उता, ओली पनि अर्का अध्यक्ष प्रचण्डसँग मिलेर असन्तुष्ट चार नेतालाई गलाउने पक्षमा छन् । स्थायी समिति बैठकअघि दुवै पक्ष एक–अर्कालाई गलाउने रणनीतिसहित आन्तरिक तयारीमा जुटेको थियो ।

अहिले केन्द्रीय सचिवालय बैठक बहिष्कार गर्ने चार नेता र अरु पाँच नेता दुई ध्रुवमा बाँडिए पनि यसअघि नै पूर्वएमालेमा प्रस्टै दुई खेमा थिए । उता, तत्कालीन माओवादीभित्र भने नेताहरू दाहालकै वरिपरि देखिएका छन् । यसले गर्दा बैठकमा तत्कालीन नेकपा एमालेका दुई पक्ष ओली र नेपाल आपसमा भिड्दा पूर्वमाओवादी प्रचण्ड पक्षको भूमिका महत्वपूर्ण हुने ठानिएको छ । नेपाल पक्षले स्थायी समिति बैठकमा ल्याउन खोजेको हलचल अध्यक्ष प्रचण्डको भूमिकामा निर्भर हुने देखिन्छ । दाहाल तत्काल पार्टीभित्रको ओली–नेपाल खेमाबीचको अन्तरविरोधमा आफूनिकट नेतालाई जान दिने पक्षमा नदेखिए पनि श्रेष्ठ पक्षले भने नेपाल पक्षलाई साथ दिने तयारीमा देखिन्छ ।

पार्टीभित्रको विवादका कारण स्थायी कमिटी बैठक एकताको एजेन्डासम्म पुग्ने मुस्किल हुने देखिएको छ । आपसका विवाद समाधान नभई एकता प्रक्रिया तलसम्मै टुंग्याउने र सरकारका कामको समीक्षा गर्ने विषयले गति नलिने नेताहरुको बुझाइ छ । ‘दुई पार्टी एकीकरण भएको छ, तलैसम्मको पार्टी एकताका काम छन्, जनवर्गीय संगठन मिलाउनुपर्ने छ, बैठकमा असन्तुष्टि सम्बोधन, कार्यविभाजन, सरकारको समीक्षालगायत विषयमा गम्भीर बहस हुनुपर्छ,’ स्थायी समिति सदस्य मणी थापा भन्छन्, ‘तर नेताहरुबीचको आपसी विवाद नमिलाईकन यी विषयमा छलफल हुने देखिँदैन ।’

हल्लियो ओली क्याम्प
गएको शनिबार नेता नेपालसँगै अरु तीन नेताले सचिवालय बैठक बहिष्कार गरेपछि ओली पक्ष केही धर्मराएको नेपाल पक्षको आंकलन छ । वरिष्ठ नेता खनाल, गौतम र पूर्वमाओवादीका श्रेष्ठसमेत नेता नेपालकै लाइनमा गएको ओली पक्षको अनुमान छ । गौतम ओली क्याम्प छाडेर नेपाल पक्षमा मिसिन गएको र पूर्वमाओवादीबाट समेत श्रेष्ठ नेपाल पक्षमा जानुले ओली क्याम्पमा ठूलै हलचल मच्चिएको विश्लेषण भइरहेको छ । ‘नेपाल पक्षलाई खनाल, गौतम र श्रेष्ठले समेत साथ दिएपछि उनीहरुले नेतृत्वप्रतिको असन्तुष्टिलाई बैठकमा निकै बलियो गरी राख्ने तयारी गरेको देखिन्छ,’ विश्लेषक श्याम श्रेष्ठले भने ।