काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नुवाकोट दुर्घटनाका २० मृतक र १५ घाइतेको पहिचान खुल्यो

11.8K
shares

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा शुक्रबार साँझ बा३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु भएका २० जनाकै सनाखत भएको छ । दुर्घटनामा ३ महिला र १७ पुरुषको मृत्यु भएको छ । सबै मृतकको शव घ्याङडाँडामा राखिएको छ ।

सनाखत भएका मृतकको नामावली

घ्याङफेदीको सिसिपुका
२७ वर्षीया विभिमाया तामाङ,
१४ वर्षीया सीता तामाङ
३६ वर्षीया सुनश्री तामाङ
२४ वर्षीय शुकराम तामाङ,
३९ वर्षीय सेनम लामा,
५५ वर्षीय टोकले तामाङ,
२२ वर्षीय मंगले तामाङ,
४४ वर्षीय आइत तामाङ,
४० वर्षीय सेल्वोन तामाङ,
६० वर्षीय खाम्सुङ तामाङ,
३२ वर्षीय रिवल तामाङ,
२० वर्षीय भीमबहादुर तामाङ,
४३ वर्षीय मिङमार तामाङ,
३७ वर्षीय छोवाङसोनाम तामाङ,
३४ वर्षीय लक्ष्मण तामाङ,
४६ वर्षीय वीरवहादुर तामाङ,
२० वर्षीय कृष्ण तामाङ,
५० वर्षीय मीनवहादुर तामाङ,
४५ वर्षीय सुने लामा

शिखरबेसीका
१५ वर्षीय रितेश पण्डित

शवको पोष्टमार्टम नुवाकोट जिल्ला अस्पताल त्रिशूलीबाट खटिएको चिकित्सकको टोलीले गर्नेछ ।

दुर्घटनामा परी घाइते भएका १५ जनाको पनि परिचय खुलेको प्रहरीले जनाएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल र विपी स्मृति अस्पतालगायतमा उनीहरुको उपचार भइरहेको छ ।

उपचाररत घाइतेहरुको नामावली

घ्याङफेदीको सिसिपुका
२२ वर्षीय छिरिङ तामाङ,
४० वर्षीय रामवहादुर तामाङ,
१७ वर्षीय रामु तामाङ,
२६ वर्षीय साहिला तामाङ,
२३ वर्षीय शिरमेन्दो तामाङ,
३८ वर्षीय मुइजित तामाङ,
४९ वर्षीय वीरवहादुर तामाङ,
३८ वर्षीय लक्ष्मण तामाङ,
३३ वर्षीय चन्द्रवहादुर तामाङ,
२६ वर्षीय शुकराम तामाङ,
सावित्री तामाङ,
यारिमेन्दो तामाङ,
रामभक्त थापा
मानवहादुर तामाङ
मृतक विभिमाया तामाङ की ९ महिनाकी छोरी

दुप्चेश्वर गाउँपालिका–६, सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा. ३ ख ३९१३ नम्बरको मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उक्त दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो । साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिए पनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेसम्म कुर्नुपरेको उनले बताए । घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौँ लगिएको हो ।

मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले सुरुमा नै खसेर सामान्य घाइते भएका थिए । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयवासी प्रेम स्याङताङले जानकारी दिए । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करिब ५०० मिटर तल तादी खोलामा पुगेको थियो ।

मिनीट्रकममा ४० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले खसेर ज्यान जोगाएका थिए ।

सिम्टाङस्थित आफन्तको घरमा भएको अन्तिम संस्कार(घेवा)मा सहभागी भएकासहित अन्य यात्रु बोकेको रिजर्भ गाडी सडकमार्गबाट तीनसय मिटर तल खसेर घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयबासी कर्मजीत तामाङले जानकारी दिए ।