काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेका युवा ६ दिनपछि मृत भेटिए

16.04K
shares

पोखराको पर्यटकीय स्थल फेवातालमा डुबेर बेपत्ता भएका एक युवा शव ६ दिनपछि मृत फेला परेका छन् । काठमाडौं ताँहाचलबाट पोखरा घुम्न आएका १९ बर्षीय रोजन श्रेष्ठ प्याडल बोर्डबाट सेल्फी खिच्नेक्रममा ६ दिनअघि फेवातालमा डुबेर बेपत्ता भएका थिए । शनिबार विहान ७ बजे फेवातालमा उनको शव तैरिएको अर्वथामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

 

उनले लाईफ ज्याकेट विना सेल्फी खिच्न खोज्दा तालमा डुबेर वेपत्ता भएको स्थानीयले बनाए । वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायव उपरीक्षक नविन कार्कीको नेतृत्वमा रेस्क्यु टिमले सोमबारदेखि नै वेपत्ता श्रेष्ठको खोजी गरेपनि उचित प्रविधि र दक्ष जनशक्ति अभावमा तालमा खोज तथा उद्धार कार्य चुस्त हुन नसकेको उद्दारमा खटिएका सुरक्षाकर्मीले बताए । उनको खोजीमा बेगनासताल जलारीको एक समूहसमेत आएको थियो । तालको तल्लो भागमा बढी लेदो र हिलो भएकोले उद्धारमा कठिनाइ हुने गरेको बताइएको छ । उनको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।

 

श्रेष्ठले कुनै डुंगा सयर गरेको नभइ एकजना मात्र सयर गर्न मिल्ने प्लाडल बोर्ड सयर गर्दा दुर्घटना भएको फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष कृष्ण गिरीले बताए । फेवाताल, बेगनासताललगायतका तालमा सयर गर्दा अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनु पर्ने व्यवस्था छ । तर, कतिपय पर्यटकले लापरबाही गर्ने र लाइफ ज्याकेट नलगाउने गरेका छन् प्याडल बोर्डबाट फेवातालमा डुबेर मृत्यु भएको यो पहिलो घटना हो ।