काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश १ : सडक दुर्घटनामा परी तीन जनाको मृत्यु

18.98K
shares

१ नम्बर प्रदेशअन्तर्गतका तीन जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । संखुवासभा, झापा र खोटाङ जिल्लामा शुक्रवार भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।

 

संखुवासभाको खाँदवारी नगरपालिका–११ सभाखोलामा स्थित चैनपुर–खाँदवारी सडक खण्डमा रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । साँझ सवा ७ बजे चैनपुर–खाँदवारी सडक खण्डमा रोकेर राखेको को १ त ६५९९ नम्बरको ट्याक्टरमा चैनपुरबाट खाँदबारीतर्फ आउँदै गरेको को २८ प २५३ नम्बरको मोटरसाइकल ठाक्किँदा मोटरसाईकल पछाडी सवार खाँदबारी नगरपालिका–८ का २८ वर्षीय लहरी श्रेष्ठको घटस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाईकल, ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको र मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल खाँदवारी लगिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

यस्तै झापाको कमल गाउँपालिका–५ लभडाँडामा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ भने मोटरसाईकल चालक घाइते भएका छन् । शुक्रबार दिउँसो पौने २ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका साईकलमा सवार झापा कमल गाउँपालिका–१ का ५० वर्षीय ईन्द्रबहादुर बुढाथोकीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पहिचान नखुलेका अन्दाजी ३० वर्षीय मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

 

यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ चास्मिटारमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पानीको ट्याङकी निर्माणका लागि मे १ त ६९३१ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गरेर फर्कदै गरेको अवस्थामा बडहरे भन्ने स्थानमा सडकबाट अन्दाजी २० मिटर तल खस्दा लामा कन्ट्रसन प्रा.ली.मा कार्यरत चितवन घर भएका १७ वर्षिय सुमन वाग्लेको घटनास्थलमै मृत्यु भएको हो । घटनामा संलग्न ट्याक्टर चालक सुनसरी रामधुनी–७ का २७ वर्षिय राजेश लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।