गुट र विभाजन अन्त्य गर्दै अघि बढौं : अर्जुननरसिंह केसी
वि.सं.२०७५ मंसिर २९ शनिवार १९:४६
shares

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको विकृति र कसिंगर महासमिति बैठकले बढार्नुपर्ने बताएका छन् । पार्टीमा व्यक्ति, विकृति र सीमित नेता हाबी भएको भन्दै उनले यस्तो प्रवृत्तिलाई हटाउन महासमिति सदस्यहरुलाई आह्वान गरे । ‘म नेता होइन नीति, व्यक्ति होइन विचारको पछि लाग्छु,’ शनिबार सिंहदरबार अगाडि रहेको यगम्बर पार्टी प्यालेसमा पार्टीको महासमिति बैठक उद्घाटन सत्रमा उनले भने, ‘यस्तो भावनाको विकासलाई संस्थागत गर्नुपर्छ ।’
उनले अहिले मुलुक र पार्टी असहज अवश्थामा रहेको बताए । ‘लोकतन्त्रको संरक्षण नेपाली कांग्रेसबाट मात्रै हुन्छ,’ उनले भने, ‘तर अहिले कम्युनिस्ट नेतृत्वको सरकारका कारण लोकतन्त्र संकटमा परेको छ, अब हामी लोकतन्त्रको पहरेदार भएर अघि आउन सक्नुपर्छ ।
उनले निर्वाचनको पराजयबाट चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए । ‘हामी २०५१ सालमा पनि हारेकै हौं, ०६४ संविधान सभा निर्वाचनमा पनि हारेकै हौं र २०७४ मा पनि हायौं,’ उनले भने, ‘अब आत्तिएर होइन, हामीभित्रका कमीकमजोरी अन्त्य गर्दै अघि बढौं ।

























