काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश ३ का ९ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त

13.25K
shares

प्रदेश ३ सरकारले प्रदेशमातहतका नौ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्ति गरेको छ । कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक विकास मन्त्रालयलाई अध्यक्ष नियुक्तिको बाटो खुलेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मकवानपुरको हेटौँडा अस्पताल विकास समितिको अध्यक्षमा डेगराज (प्रकाश) पौडेल, चितवनको भरतपुर अस्पतालमा खिमलाल भण्डारी, धादिङ अस्पतालमा महेन्द्र धमला, नुवाकोटको त्रिशूली अस्पतालमा अर्जुनप्रसाद न्यौपाने र रसुवा अस्पतालमा रामशरण कुँइकेल नियुक्त भएका छन् ।

त्यस्तै, भक्तपुर अस्पतालमा मिलन सुवाल, सिन्धुली अस्पतालमा प्रल्हाद पोखरेल, सिन्धुपाल्चोकको चौतारा अस्पतालमा ईश्वरीप्रसाद श्रेष्ठ र रामेछाप अस्पतालमा रोशन पाख्रिनलार्इ नियुक्त गरिएको छ ।

समितिमा मेडिकल सुपरिटेन्डेन्ट सदस्यसचिव हुने व्यवस्था छ । काठमाडौँ, ललितपुर, काभ्रे र दोलखा अस्पताल प्रदेशमा हस्तान्तरण भइसकेका छैनन् । प्रदेश ३ मा १३ जिल्ला छन् ।