‘पूर्वमाओवादीले महिलालाई सभामुख बनायो, पूर्वएमालेले राष्ट्रपति बनायो, कांग्रेसले के बनायो ?’
वि.सं.२०७५ मंसिर २९ शनिवार २१:२६
shares

नेपाली कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले तीन चौथाइको सरकारले एकजना पनि मुख्यमन्त्री नबनाएको भन्दै अब कांग्रेसले महिलालाई मुख्यमन्त्री बनाउँछौं भन्ने संकल्प गर्नुपर्नेमा जोड दिएकी छन् ।
महासमिति बैठकको उद्घाट सत्रमा उनले महासमिति बैठकले महिलाको सवालमा पनि छलफल गरी नीति बनाउनुपर्ने उनको भनाइ थियो । पूर्वमाओवादीले महिलालाई सभामुख बनायो, पूर्वएमालेले राष्ट्रपति बनायो, कांग्रेसले के बनायो ?’ उनले प्रश्न गरिन् ।

























