उपप्रधानमन्त्री होइन, कांग्रेसले महिलालाई प्रधानमन्त्री बनाउँछ : महत
वि.सं.२०७५ मंसिर २९ शनिवार २१:३०
shares

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीले महिलालाई प्रधानमन्त्री अवसर दिने बताएका छन् । महासमिति बैठकको उद्घाटन सत्रमा पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले ‘पूर्वमाओवादीले महिलालाई सभामुख बनायो, पूर्वएमालेले राष्ट्रपति बनायो, कांग्रेसले के बनायो ?’ भन्दै गरेको प्रश्नको जवाफ दिँदै महतले भने, ‘तपाईंहरु अगाडि आउनुपर्यो, सभामुख, उपप्रधानमन्त्री होइन, हामी प्रधानमन्त्री बनाउँछौं ।

























