काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आगलागीबाट १६ लाख रुपैयाँबराबरको क्षति

11.49K
shares

सुनसरी र मोरङमा शनिबार भएको आगलागीबाट करिब १६ लाख रुपैयाँ मूल्यबराबरको क्षति भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१२ सब्जीमण्डीस्थित अमन श्रेष्ठको घरमा आगलागी हुँदा अन्दाजी ११ लाख मूल्यबराबरको क्षति भएको हो ।

गए राति साढे १२ बजेको समयमा श्रेष्ठको घरमा कोठा भाडा लिएर धरान–१६ का दिलिप नेपालीले सञ्चालन गरेको टेलर्स र धरान २ बस्ने सन्ध्या श्रेष्ठले सञ्चालन गरेको ब्युटी पार्लरमा विद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट टेलर्समा भएको लुगा सिलाउने मेसिन, इन्भर्टर, फर्निचरको सामान, सिलाउन राखेको कपडा र ब्युटी पार्लरमा भएको सामान र नगद जलेर नष्ट भएको हो । आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै, मोरङको लेटाङ नगरपालिका–३, कमलपुरमा शनिवार बिहान आगलागी हुँदा अन्दाजी ५ लाख मूल्यबराबरको क्षति भएको छ । बिहान साढे १० बजे खाना पकाउने क्रममा आगलागी हुँदा स्थानीय कर्ण बहादुर राईको भएको थियो । आगलागीबाट घरभित्र रहेको लत्ता कपडा, भाडावर्तन, गरगहना अन्नपात र २ वटा चौपाया जलेर नष्ट भएको हो । आगलागी इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।