काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिलाविरुद्ध नानाभाँती कुरा गर्न छाडौं : मन्त्री पुन

15.35K
shares

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले महिलाहरुको हकहितको लागि महिलाहरुले नै नानाभाँतिका कुरा गर्न छाड्नु पर्ने बताएकी छन् ।

सञ्चारीका समूह, गण्डकी प्रदेशको ५ औं अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री पुनले महिलाहरुको हकहितको लागि महिलाहरु नै बाधक हुने गरेको उल्लेख गर्दै महिलाको हकहितको लागि महिलाहरुले नै नानाभातिका कुरा गर्न छाड्नु पर्नेमा जोड दिएकी हुन् ।

उनले भनिन ‘हामी महिला सामाजिक रुपबाटै विभेदको सामना गर्दै अघि बढेको अबस्थामा महिलाको हितको लागि महिला नै बादक नवनौं हरेक क्षेत्रमा महिला अधिकार र समानताको लागि एक होऔं ।’

राम्रो काम गर्ने महिलाविरुद्ध अर्को महिला उभिने गरेको जनाउँदै उनले महिला सजग र लैंगिक हिसाबले एक हुनुको विकल्प नभएको बताइन् । उनले मुलुक संघीयतामा गए पनि अझै समान व्यवहार हुन नसकेको बताइन् ।

गण्डकी प्रदेशका सांसद मीना गुरुङले समाजको विकास र रुपान्तरणको लागि सुशासन आवश्यक भएको बताइन् । महिलाहरु क्षमता बृद्धि गर्दै सक्षमको बाटोमा लम्कनु पर्ने उनको भनाइ थियो । सामाजिक विभेदका कारण महिलाहरु पछि परेको सांसद गुरुङको भनाई छ ।

प्रदेश सांसद राजिव पहारीले समाजमा अझै पनि महिला हिंसा बढेको उल्लेख गर्दै समूहले महिला हिंसा न्यूनिकरण सम्बन्धी कुनै अभियान ल्याएको खण्डमा एक महिनाको तलब ४५ हजार सहयोग गर्ने बताए ।