सेयर बजार १८ अंकले बढ्यो, ४७ करोडको कारोबार
वि.सं.२०७५ पुस १ आइतवार २२:५६
shares

सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार १८ अंकले बढेको छ । उत्पादनमूलकबाहेकका सबै समूह उकालो लागेपछि बजार १८.८९ अंकले बढेर ११६७.६७ अंकमा पुगेको हो । नेप्सेको यो वृद्धि १.६४ प्रतिशतको हो ।
आइतबार निर्जीवन बिमा कम्पनी सबैभन्दा धेरै ३.२९ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त समूहमा २.९६ र जीवन बिमा समूहमा २.५९ प्रतिशतको वृद्धि आएको छ । बैंक, होटल, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूह पनि बढेका छन् । उत्पादनमूलक समूह भने ०.३८ प्रतिशतले घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार १५९ कम्पनीको ४७ करोड ४२ लाख मूल्यबराबरको १४ लाख ७ हजार ५३४ कित्ता सेयर किनबेच भएको छ । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबारको तुलनामा यो रकम १५ करोड धेरै हो । बिहीबार ३२ करोड ३७ लाखको सेयर कारोबार भएको थियो ।
गत सातादेखि सेयर बजार उकालो लाग्न थालेको छ । गत साताभरमा सेयर बजार २७ अंक बढेको थियो ।
यो पनि पढ्नुहोस्

























